काठमाडौं - कञ्चनपुर पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय युवकको हत्या भएको छ ।
गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरीको भनाई छ ।
गए राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।
घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थप अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।



0 comment