काठमाडौं - काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । 

महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधिकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । 

उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधिकृत संरचना हटाइएको उल्लेख गरे । केही समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अव भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए ।

महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अब कडाइका साथ कवाडी हटाइने जोशीले बताए।