काठमाडौं - जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको हत्या भएको छ।
वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान चौरसिया गम्भीर घाइते अवस्थामा फेला परेका थिए। प्रहरीको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी जवान चौरसिया १० दिनको बिदामा घर गएका थिए।



0 comment