काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ऐनविपरीत जेन-जी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । 

आइतबार विज्ञप्ति जारी गर्दै उनले उक्त निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।  सरकारले जेन-जी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेको थियो । सरकारले मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको डा केसीको आरोप छ।

उनले सरकारले कानुन पढेको कि पेलेरै जान खोजेको हो? भनेर प्रश्नसमेत गरेका छन् । शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो ।