काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न सर्वोच्च अदालतले परमादेश दिएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अर्को म्याद नथप्न सरकारका नाममा परमादेश जारी गरेको हो। ओलीका तर्फबाट राधिका शाक्य र पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन् ।
जिल्ला अदालत, काठमाडौँले शनिबारदेखि लागू हुने गरी तेस्रो पटक आइतबार पाँच दिनको म्याद थप गरेको छ। ओली पक्राउ परेको दिनदेखि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् ।


0 comment