काठमाडौं - पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले माईतीघरमा प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरुले हाल पेट्रोलमा लगाउदै आएको बिभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।


0 comment