काठमाडौं - कलाकार सागर लम्साल 'बले' बूढानीलकण्ठको कपन बालुवा खानीबाट पक्राउ परेका छन् ।

गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीमाथी कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

अमेरिकामा रहेकी उनले शुक्रबार बले माथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेस बुकमा स्टाटस समेत लेखेकी थिइन् ।