काठमाडौं - न्याय परिषद्ले पाँच न्यायाधीशविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने भएको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले लामो समयदेखि अल्झिएका उजुरीमाथि छानबिन गर्दै यस्तो निर्णय गरेको हो । १५ उजुरीमध्ये १० उजुरी खारेज गर्दै पाँचवटाको विस्तृत अनुसन्धान गर्ने र आवश्यक देखिए छानबिन समिति गठन गर्ने भएको छ । 

जिल्ला र उच्च अदालतका न्यायाधीशको कार्यसम्पादनविरुद्ध परेका उजुरीमध्ये प्रारम्भिक रुपमा गम्भीर देखिएका उजुरीलाई विस्तृत अनुसन्धानमा पठाएको हो । न्यायाधीशको नाम भने सार्वजनिक गरिएको छैन । न्याय परिषद्‍मा प्रधानन्यायाधीश अध्यक्ष र कानुनमन्त्री सदस्य हुने व्यवस्था छ ।