सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्र विद्यार्थी भर्ना गर्न सुरु अन्तरिम आदेश जारी गरेको छ । आयुष बडालले दायर गरेको रिटमा शुक्रबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,शिक्षा मन्त्रालयसहित सबै सरोकारवालाको नाममा यस्तो आदेश जारी गरेको हो ।
विद्यार्थीले विद्यालयमा भर्ना हुनका लागि विद्यालयले दिएको वार्षिक परीक्षाको लब्धांक र स्थानान्तरण प्रमाणपत्र पेस गर्नुपर्ने छ। तर, विद्यालयहरुले लब्धाङ्क बिनानै हानाथाप शैलीमा भर्ना गर्ने गरेका छन् । एकरूपता कायम गर्न सर्वोच्चले शैक्षिक सत्र सुरू भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन आन्तरिम आदेश दिएको हो ।


0 comment