काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफसमेत माग गर्ने आदेश गरेको हो । ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई  भनेको छ ।