काठमाडौं - पूर्व गृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

यस विरुद्ध आफुले राजनीति र कानुनी लडाइँ लड्ने समेत बताएका छन् ।

आज  बिहानै भक्तपुरको कटुन्जे स्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यो कुरा बताएका हुन्।

"राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु " उनले भने ।

मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको भन्दै  लेखकले टिप्पणी गरेका छन् ।