काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। 

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै लोहनीले पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि प्राप्त हुने पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

यसअघि राप्रपाका अर्का नेता रवीन्द्र मिश्रले पनि पदबाट राजीनामा दिएका थिए। पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्व तहमा भइरहेका परिवर्तनका बीच लोहनीको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।