काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागितालाई लिएर पनि मिडिया ‘ट्रायल’ नगर्न नवनिर्वाचित सांसदलाई चेतावनी दिएका छन्।  

बुधबार अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले गुटमा नलाग्न सांसदलाई सचेत गराएका हुन्। अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको जनाउँदै उनले गुट बनाएर कांग्रेस एमालेलाई जित्न नखोजौं भने ।

उनले भने,‘तपाईहरू कोही न कोहीमध्ये मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर, त्यस्तो चिजलाई बन्द गरिदिनुहोला।’ सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने उनको भनाइ थियो ।