काठमाडौं -नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको १८ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ । थापा लडेको क्षेत्र सर्लाही ४ मा रास्वपाका उम्मेद्धार डा. अमरेश कुमार सिंह ३५६८८ मतसहित विजयी हुँदा दोस्रो भएका गगनले २२८३१ मत मात्रै पाए । अघिल्लो २०७९ को चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ मा २१३०२ मत ल्याएर विजयी भएका थिए । यसपाली गगन थापाले विशेष अधिवेसन गरेर नेपाली कांग्रेसमा विद्रोह गरी कांग्रेसलाई बदल्ने प्रयासको सुरुवात गरेका थिए ।
पाटीभित्र चरम असन्तुष्टी हुँदाहुँदै पनि सभापती सेर वहादुर देउवालाई ठेगान लगाउन गगनले विशेष अधिवेसनको अभियान चलाएका थिए । नेपाली कांग्रेसका कहलिएका नेताहरु गगनले गरेको कामप्रति त्यत्ति खुशी थिएनन र छैनन पनि । कांग्रेसलाई युवाको भावना र मर्मअनुसार परिमार्जित गर्दै पहिला कांग्रेस बदल्ने अनि देश र जनताको अवस्था बदल्ने भन्दै पार्टीभित्र केही समर्थकहरुको भिडहरुबाट हौसिदै अगाडी बढेका गगन अन्तत केही समय संसदीय उडानबाट बाहिर बस्नुपर्ने अवस्था आएको छ । यस अघिको २०७९ को चुनावमा सर्लाही ४ मा उही डा. अमरेश कुमार सिंहलाई जिताउन गगनले निकै मेहनेत गरेका थिए । डा. अमरेश कुमार सिंह कांग्रेसकै नेता हुन उनलाई देउवाले टिकट नदिएपछि स्वतन्त्रबाट उठेका अमरेशलाई गगनकै साथ र सहयोगबाट चुनाव जित्ने मौका मिलेको थियो । यसपाली तिनै अमरेशसँग गगन पराजित हुनु पर्यो ।
हुन त गगनले फेरिएको कांग्रेसले युवाका भावना बुझ्छ भने पनि त्यो कुरा जनताले पत्याउन सकेनन । सत्तामा रहदा संसदमा रहदा रास्वपाप्रति खनिनेमा गगन पनि एक थिए । जसले रास्वपाका नेता रवि लामिछानेको सहकारी ठग कान्डको प्रमाण देखाउछु भन्दै महिनौ भ्रममा सबैलाई पारे । एमसिसि लगायतको सवालमा चारपाटा मोडने अभिव्यक्ती दिएर चर्चा कमाए । कीर्तिपुर डाडामा बसेर महिनाको २ देखि ४ लाख कमाउन सकिने अभिव्यक्ती दिएर दुनियाँलाई हसाए । गगनले यसपालीको चुनावमा सर्लाही ४ लाई सुरक्षित ठानेका थिए । काठमाडौको छोरो मधेशको बेटा बन्न आयो भन्दै सर्लाहीका जनताको मन एकोहोरयाउने प्रयास गरेका गगन अन्तत पराजयको सिकार बने ।
अब संसदीय उडानमा ब्रेक लागेपछि पाटीको सभापतिको प्रश्न के हुने ? नियमित महाधिवेसनको विषय कता हो ? अदालतमा मुद्धा जिउदै छ त्यसको फैसला के होला ? यस्ता धेरै अप्ठयाराहरु गगनको काँधमा छन । गगनले निकै ठूलो चुनौति सामना गर्नुपर्ने अवस्था धेरै टाढा छैन । आफ्नै पार्टी सत्ताको प्रमुख साझेदार बनेका बेला ७६ जनता बालबालिकामाथी सत्ताले गोली चलाउदा नेतृत्वको विरोध गर्न खुट्टा कमाएका गगनको अवको यात्रा कसरी अगाडी जाला आम चासोको विषय बनेको छ ।


0 comment