काठमाडौं- काडमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट १११७१ मत लिएर हारेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्गलाई संसदीय राजनीतिमा पहिलो ठेस लागेको छ । यस क्षेत्रबाट रास्वपाका उम्मेद्धार राजुनाथ पाण्डेले १८७५७ मतसहित विजयी हासिल गरेपछि कुलमानलाई ठेस लागेको हो । कुलमानले नेपालमा लोडसेडिङ्ग हटाएको भन्दै आम नेपालीको मनमा कुलमान बस्न सफल भएका थिए । विशेष गरी जुन विषयको विज्ञता हो त्यही क्षेत्रमा काम गर्दा सफल हुने उनको तर्क छ । विशेषगरी कुलमान नेकपा माआवादी केन्द्र निटक मानिन्थे । कुलमानले विद्युतको बागडोर सम्हालेपछि बत्ती पनि जान छोडेको थियो । लोडसेडिङ्गको अन्त्यको जस पाएका कुलमानलाई ओली सरकारले पटकपटक बरखास्त समेत गरेको थियो ।
जेनजी आन्दोलनपछि कुलमान मन्त्रीको लिष्टमा परी छोटो समय सरकारमा समेत बसे । चुनावको माहोल बन्दैगर्दा कुलमान पनि पार्टी खोलेर संसंदीय राजनीतिको यात्रा तय गर्ने दौडाहामा लागे । अर्कैको नाउमा उज्याले नेपाल पार्टी दर्ता गरेका कुलमानले मन्त्रीबाट राजीनामा गरी आफै अध्यक्ष भए । अध्यक्ष बनेपछि बालेन र रविसँग मिसिन कुलमानको प्रयास पनि रामै्र भयो । सबैको चाहाना पनि थियो की रवि बालेन कुलमान हर्क एकै ठाउमा आउन र यो मुलुकको स्टेरिङ्ग समाउन । तर अन्तिम घडीमा आएपछि कुलमान बालेन र रविसँग अलग्गीए र एक्लै चुनावमा होमिए । विना कुनै संगठन विना कुनै तयारी छोटो समयमा पाटी बनाएर चुनाव जित्ने होडमा गएका कुलमानलाई जनताले हतार नगर्न भन्दै संसदीय चुनावबाट रोक लगाउदै पाटीमै थन्काइदिएका छन ।
धेरैको अनुमान छ कुलमान रास्वपाबाट चुनाव लडेका भए जित निश्चित थियो । किनभने कुलमान यो मुलुकका लागि चाहिने सारथी हुन । अब पार्टी बनाउनु बाहेक कुलमानको विकल्प छैन । संसदीय राजनीतिमा ठेस लागेपनि जनता र देशको लागि अझै जिम्मेवार भएर काम गरिरहने उनले बताइसकेका छन । अघिल्लो २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका नेता पूर्व मेयर सन्तोष चालिसेले १५१५८ मतसहित संसदीय चुनाव जितेका थिए ।

0 comment