काठमाडौ: लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ७ स्थित चावहिलबाट २ जनालाइ लागुऔषध र २पेस्तोल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला तनहुँ, बन्दिपुर गाउपालिका.ल वडा नं. ४ भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ बस्ने बर्ष ५३ को टक बहादुर गुरुङ र जिल्ला तनहुँ बन्दिपुर गाउपालिका वडा नं ७ ठेगाना भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका बडा नं. ८ प्रगति नगर बस्ने बर्ष ७० को दिल बहादुर गुरुङ रहेका छन।
२ जनालाई लागु औषध एम्फेटामाईन ३०१ ग्राम ४९० मिलिग्राम, डिजिटल तराजु थान २ र 9MM पेस्तोल थान एक र सोको म्याक्जिन थान १ सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रतिवादी मध्यका दिल बहादुर गुरङ मिति २०७२।१०।१९ गते यसै व्यूरोबाट लागु औषध चरेश मुद्धामा पक्राउ परी ४ बर्ष कैद रु. ८० हजार रुपैया जरिवाना भुक्तान गरी छुटेको ब्यक्ती हुन ।
पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ हात हतियार खरखजना ऐन २०१९ अन्तर्गत अनुसन्धान भैरहेको लागु औषध नियन्त्रण व्यूरोका प्रबक्ता दुर्गा राज रेग्मीले जानकारी दिनु भयो।


0 comment