काठमाडौं - काठमाडौँको नयाँ बसपार्कस्थित एक होटलमा युवतीको शव फेला परेको छ।
बीजी मल पछाडीको एक होटलमा करिब २५ वर्षीया निशा सुनारको हत्या भएको अवस्थामा प्रहरीले शव फेला पारेको छ। उनको शब त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ। उनी कैलालीकी भएको खुलेको छ ।
पोष्टमार्टम रिपोर्टपछि घटनाबारे थप खुल्ले प्रहरीले बताएको हो। घटनामा संलग्न केही संकास्पद व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाइएको छ।


0 comment