काठमाडौं - कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एयरपोर्ट गएर बुद्धको देश भनेर मात्रै युवाहरु विदेश जानबाट नरोकिने बताएका छन् ।आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले सय दिनमा विदेश जाने नेपालीलाई स्वदेश फर्काउने भनेकै भरमा नहुने र यसका लागि देशमा बस्न सक्ने वातावरण बनाउनुपर्ने तर्क गरे ।
धमाधम विदेश गइरहेका युवाहरूलाई रोक्न सारा नेपालीमा आसा र विश्वास जगाउन सक्ने काम गर्नुपर्ने उनले बताए । कांग्रेसले ८ घन्टामा नेपाल जाग्ने प्रतिज्ञापत्र ल्याएको र सोहीअनुसार काम गर्ने दाबी पनि गरे ।
बालेन शाह र रवि लामिछानेतिर संकेत गर्दै गर्दै शर्माले कुनै एक व्यक्ति हिरो भएर देश नबन्ने दाबी गरे। उनले भने,‘रोडमा हात हल्लाएर एक्लै हिँडेर देश बदैन त्यसका लागि टिम र टिमवर्क चाहिन्छ ।’
उनले यसका लागि गगनकुमार थापा नेतृत्वको कांग्रेसमात्र विकल्प भएको दाबी गरे । उनले भने, ‘विकास आयोजना निर्माणमा ढिलाई भयो भने रुखमा बाँधेर समस्या समाधान गर्ने भिजन राख्दैन त्यसका लागि कानुन सुधार र ठेक्का प्रक्रियालाई सुधार गर्ने तर्फ लाग्छ ।’



0 comment