काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपालले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।
आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्ने बताए ।
घिसिङ्ले मिटरब्याजी, लघुवित्त, सहकारी ठगी हुँदा किसान र विपन्न मर्कामा परेको बताए । साथै उनले पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आफूहरूको एजेन्डा रहेको बताए ।
उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गर्दै उनले आफू नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशैभरी लोडसेडिङअन्त्य गरेको सुनाए ।


0 comment