काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

आज झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गर्दै अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने र बलमिचाइँ गर्ने काम गरिरहेको भन्दै तीव्र आलोचना गरे।

उनले रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै भने, आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनाबै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो।

सबैलाई सचेत गराउँदै उनले निर्वाचन भनेको बलजफती गर्ने विषय नभएको प्रस्ट पारे।

स्वच्छ, निष्पक्ष, धाँधलीरहित वातावरणमा हुनेमा एमालेको आशंका

नेकपा एमालेले निर्वाचन निर्वाचन नजिकिँदै जाँदा मूलक थप भय र सन्त्रासमय बन्दै गएको बताएको छ ।

आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीन बहादुर शाहीले  स्वच्छ, निष्पक्ष, धाँधलीरहित वातावरणमा हुनेमा आशंका व्यक्त गरेका छन् ।

सरकारले निर्वाचनको लागि अझै शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको दाबी गर्दै उनले रास्वपालाई लक्षित गर्दै पार्टीको झन्डा जलाउने, पार्टी नेतृत्वप्रति घृणा फैलाउने कार्यलाई तीव्र पारेको भन्दै आपत्ति जनाए।


मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।