काठमाडौ:जिल्ला काठमाडौं, नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३ च ११०३ नं. को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिए पछि प्रहरीले उक्त कुटपिट गर्ने ब्यक्तिको खोजी तिब्र ब्नाएको थियो।

 उक्त जिप चालक जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम काठमाडौँ उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयबाट दाखिला हुन आएकोमा निज उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका  प्रवक्ता तथा सूचना अधिकारी  पवन कुमार भट्टराईले जानकारी दिनु भयो   ।