काठमाडौं - बैंकिङ कसुरसम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट अग्रवाललाई पक्राउ गरेको हो। उनीविरुद्ध बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको प्रहरीले जनाएको छ।

सीआईबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। यसअघि अग्रवाल २०८२ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दामा उनी पछि रिहा भएका थिए।