जिल्ला प्रहरी कार्यालय झापाको सभाहलमा आज प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई केन्द्रमा राखी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।जिल्ला प्रहरी कार्यालय झापा कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काज्यूको अध्यक्षतामा विभिन्न प्रहरी युनिटका प्रमुखहरूको सहभागिता रहेको थियो।प्रहरी उपरीक्षक खड्काले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन सबै प्रहरी युनिटलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउँदै आम नागरिकलाई सुरक्षित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।