काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनले बताए ।
उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए । कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।


0 comment