काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजसंस्थापक्षधरले फागुन १ गते विमानस्थलमा र्याली गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र र्यालीजस्ता गतिविधि गर्ने सूचनाहरू सामाजिक सञ्जालबाट आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विमानस्थल क्षेत्रमा कुनै प्रदर्शन नगर्न र अनुमति बिना प्रदर्शन गरे कारबाही हुने चेतावनी दिइएको छ। पूर्वराजा शाह करिब तीन महिना पूर्वी नेपालको बसाइँ सकेर काठमाडौँ फर्किँदैछन्।


0 comment