काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रवि र बालेनले रहरले नभइ अरुले नै एकता गराइदिएको बताएका छन् ।

बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले रास्वपामा बालेन एकीकृत भएको विषयमा आफ्नो धारणा राखेका हुन् ।

सहकारी ठगीमा मुछिएर रविको आकर्षण घटेपछि जनतालाई झुक्याउन बालेनलाई देखाएर भोट बटुल्ने प्रयास भइरहेको प्रवक्ता चालिसेको आरोप थियो। प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबिच तुलना नै हुन नसक्ने बताए ।

एक फरक प्रसंगमा चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतिय प्रणालीजस्तो हुनपुगेको पनि प्रवक्ता चालिसेले बताए ।