काठमाडौं - दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ ।

महाकाली नगरपालिका-४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जानकारी दएका छन् ।

घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।