काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार पक्राउ गरेर म्याद थप गर्न अदालत उपस्थित गराइएका प्रसाईंलाई अदालतले हाजिर जमानतमा छाड्न आदेश दिएको हो ।
उनलाई प्रहरीले पर्साको वीरगन्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेका बेला चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो । विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लघंन गरेको उनीमाथि आरोप लागेको थियो । उनी पटकपटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।


0 comment