काठमाडौं - नेकपाका संयोजक पुष्पकमल दाहालले आफू खलनायक बनेर इतिहासमा पानामा हराउन नचाहेको उल्लेख गरेका छन् । आफू सत्ताको भागबण्डामा सहभागी नहुने भन्दै दाहालले पुराना नेताहरूको भिडमा नरहेको समेत स्पष्ट पारेका छन्।

भिडियो सन्देशमा दाहालले परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउँदै देशको भविष्यका लागि पारदर्शिता, भ्रष्टाचारको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए।

उनले नयाँ पुस्तालाई स्वागत गर्ने र आम नागरिकलाई स्वतन्त्र चिन्तन गर्न अपिल गरेका छन्। अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शिता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि दाहालको भनाइ छ ।

दाहालले सम्बोधनका क्रममा हलिउड फिल्म 'द डार्क नाइट'(२००८) को हार्भे डेन्ट नामक पात्रको संवादसमेत उल्लेख गरेका छन् ।  उनले भने , ‘आफू खलनायकका रूपमा बिदा हुन नचाहेको उल्लेख गर्दै भनेका छन्, 'यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला तर म खलनायक बनेर इतिहासको पानामा हराउनन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’