काठमाडौं - नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने दाबी गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले देश थप दुर्घटनातर्फ जाने बताएका हुन्

भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै ‘भूइँफुट्टा’पार्टीको संज्ञा दिए। उनले रास्वपाको न कुनै निश्चित विचार र सिद्धान्त नभएको बताए । चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको बताए। उनले पुराना पार्टीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।