काठमाडौं - प्रतिनिधि सभा निर्वाचनको लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएको छ ।निर्वाचन प्रहरीका लागि २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएकामा ६१ जिल्लामा छनोट गरी सकिएको छ र १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ।
आगामी निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुने छ, जसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ।
निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने बताइएको छ ।


0 comment