काठमाडौं - सार्वजनिक ओहदाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरुद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले आचार्यविरुद्ध ६करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवानमा, कैद सजाय र भ्रष्टाचारबाट बढे/बढाइएको सम्पत्ति जफतको मागदाबी गरेको छ ।
अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि आचार्यकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ । आठौं तहकाआचार्यले पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।


0 comment