काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनाव प्रचारप्रसारका क्रममा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको भन्दै उनले तत्काल यसलाई रोक्नु पर्नेमा जोड दिइन् ।
घाँटीमा मालाझैँ लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन भनी झण्डाको उचित व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराइन् ।


0 comment