काठमाडौं - नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको खेलबाट बाहिरिएको हो । १४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकिएको हो ।
नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । एक जित मात्र निकालेको नेपाल २ अङ्कमा सीमित भयो ।


0 comment