काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल गरेका छन् । देश निर्माणका लागि पार्टीलाई बहुमत आवश्यकता पर्ने भन्दै कार्यकर्तालाई उनले अपिल गरेका हुन् ।

अध्यक्ष ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई क्रियाशील हुन आग्रह गरिएको छ । प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै होइन आम मतदातालाई पनि गरिएको संयोजक शाहीले बताए ।