काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। बुधबार अपराह्न काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
चुनाव विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार्ने हिसाबले जानुपर्ने बताए ।उनले आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको पनि बताए।
उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्।’ लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। नचाहिने कुराहरूको अभियोग लगाइएको छ। तर अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्छ,उनले भने ।


0 comment