काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संरचना जलाएर,भत्काएर र तोडफोड गरेर नयाँ नेपाल नबन्ने बताएका छन् । मंगलवार बिहानैदेखि ओली दमक क्षेत्रमा जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
जेएनजी आन्दोलनको आवरणमा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने समेत बताए । उनले भने, ‘जलाउन र भत्काउन सजिलो छ तर बनाउन धेरै गाह्रो छ।’
अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, दमक नगर प्रमुख रामकुमार थापाको निवास तथा स्थानीय बुद्धि थापाको घरको अवलोकन गरे ।
अवलोकनको क्रममा ओलीले आगजनी र तोडफोड गर्ने काम नेकपा (एमाले) को नीति र चरित्र नभएको स्पष्ट पार्दै एमालेले सधैं निर्माण र विकासको बाटो अपनाउँदै आएको बताए ।जेएनजी आन्दोलनपछि ओली पहिलो पटक दमक पुगेका हुन् ।


0 comment