काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका उनले यसपटक रुकुमपूर्व रोजेका हुन्। रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो मानिन्छ ।उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए।
प्रचण्डले एक थान सांसद पदका लागि मात्रै नभई शहीद वेपत्ताका सपना अलपत्र परेकाले र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेकाले आफू पुन: रुकुमपूर्वका जनता माझ आएको जिकिर गरेका छन् ।


0 comment