काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चूनावमा आफुले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढि मत पाएर ठूलो पार्टी बन्ने दावी गर्नुभएको हो । केहिले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरेपनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उहाले बताउनुभयो ।

उहाले आफुबिरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरु मुद्दाको मतलव भएको धारणा राख्नुभयो । देशको हितलाई केन्द्रमा राखेकै कारण आफु र बालेन एकै ठाँउमा आएको उहाको भनाइ छ ।

उहाले जेनजी युवाहरुलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफुलाई फेरी जेलमा पुराएपनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताउनुभयो । लामिछानेले आफुहरु सरकारमा पुगेपछि देश लुटेर कमाएको भ्रष्टाचारको हिसाव गर्ने स्पष्ट पार्नुभयो ।