काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहले लहानमा मधेस आन्दोलनका सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै बालेन साहले मधेस आन्दोलनका सहिदहरूको बलिदानलाई इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरे। उनले सहिदहरूको त्याग र संघर्षले मधेसको पहिचान,अधिकार र समानताको आवाजलाई राष्ट्रिय तहसम्म पुर्‍याएको उल्लेख समेत गरे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिव यादव तथा मधेस प्रदेशका खेलकुद मन्त्री बब्लु गुप्तालगायत नेताहरूको समेत उपस्थिति रहेको थियो। स्थानीय नेता,कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताबीच कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

नेताहरूले मधेस आन्दोलनका सहिदहरूको सपना पूरा गर्न सुशासन,समावेशिता र न्यायको मार्गमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।