काठमाडौं - नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।

यसैबिच ओली झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।