काठमाडौं - शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएको छ । 

आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले  शुक्रबार निर्वाचन आयोगले गरेको आधिकारिकताको निर्णयका विरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च जाने निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

'निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,' प्रवक्ता महतले भने  ।