काठमाडौं - विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित नहुनेमा विश्वास व्यक्त गरेका छन्  ।

निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले देउवा पक्षका कार्यबाहक सभापति पुर्ण बहादुर खड्काकाे भनाइलाई इङ्गित गर्दै यस्ताे बताएका हुन् ।

देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शर्पामाले पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू निर्वाचन आयोग  आएका थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी आफूहरु पनि आएकाे  बताए । उनले निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएकोमा  निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा विश्वास रहेकाे जिकिर गरे ।