काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको भन्दै गुनासो गरेका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केही मानिसहरुबाट एमाले नेतालाई अहिले  नै मुद्दा लगाउँछु, भरे लगाउँछु भनेर धम्की आइरहेको साथै खोजीखोजी घरमा आगो लगाइरहेको समेत आरोप लगाएका छन् । उनले  आफूमाथी निरन्तर आक्रमणको प्रयास भएको जिकिर गरेका छन् ।

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताएका छन् । अध्यक्ष ओलीले बिना त्याग संसार बदल्न नसकिने र आफूमा  हिजोजस्तै आज पनि त्यागको भावना रहेको बताए ।  

उनले भने, ‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ ।’