काठमाडौं - रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । सहकारी ठगीको मुद्दा यथावत् राख्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्लाबाट अभियोग फर्ता लिनेछन् ।लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्सामा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा थियो ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी हुन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।


0 comment