काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीगगन थापा र विशवप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल भर्खरै सकिएको छ ।

उनीहरुबीच भएको सम्वादमा खास निष्कर्ष निस्कन नसके पनि पुन छलफल गर्ने गरी सकिएको छ ।

आजको बैठकमा दुवै पक्ष सकारात्मक भएको बताईएको छ । सभापति बाहेक सबै हस्ताक्षर नगर्ने निष्कर्ष देउवाले महामन्त्रीद्वयलाई सुनाएका छन् । 

यो बैठकका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै शुरु हुन सकेको छैन ।

आज  बिहान ८ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन नसकेको हो ।  

सभापति शेरबहादुर देउवा निवासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको बैठकको निर्णाय पछि मात्रै बैठक सुरु हुने भएपछि कार्यसमितिको बैठक ढिला भएको हो ।