काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने कार्यक्रम नरहेको देउवाको सचिवालयले जनाएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्र आज बिहानबाट सुरु हुदैछ ।
सभापति देउवा आज बन्द सत्रमा जाने भन्नेबारे सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाको सचिवालयले जनाएको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ ।
बन्द सत्रका लागि सम्पुर्ण तयारी भएको छ ।
हिजो विशेष महाधिवेशनमा सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए ।


0 comment