काठमाडौं - नेपाली कांग्रेसको भोलीदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनमा आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।
आयोजक समितिले काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरेको हो ।
विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले सङ्ख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए।
महाधिवेशनको उद्घाटनको प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको छ ।
विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरुलाई समेत निमन्त्रणा दिइएको छ ।
उद्घाटन समारोह भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे हुनेछ ।



0 comment