काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू लोकतन्त्रलाई पुनर्स्थापित गर्ने प्रयासमा रहेको बताएका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताएका छन्।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास गरिरहेका छन्।

उनले  बालेन र रविको एकता स्वस्थ मनसायले एक ठाउँमा नभएको  दाबी समेत गरे।