काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो ।
बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो । करिब ३ घण्टासम्म चलेको भेटमा आगामी निर्वाचन र सुरक्षाका विषयमा गम्भीर रुपमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
त्यसबखत अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको र त्यसका लागि पार्टी तयारमा समेत जुटिसकेको प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ। संसद् पुन:स्थापनाको आशमा बसेको एमाले अन्य दल भन्दा एक कदम अगाडि बढ्दै चुनावको तयारीमा विभिन्न समिति बनाएर सक्रिय भएको छ ।
कांग्रेस र एमालेले चुनावी तालमेल गर्ने कुराबाट देशी विदेशी शक्ति चुनाव भाड्न लागि परेको ओलीले केहीदिन अघि सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।


0 comment